Wednesday, February 12, 2014

दायाराहरु

एउटा खुला चौराहामा म रुनु
एकान्तमा तिमी हाँस्नुको एकै अर्थ कसरी हुन् सक्छ
जिन्दगी खोज्न खाली खुट्टाले दौडेर भेट्टीन्छ र ?
बिस्वासहरु लघुता बोकेर हिडदैनन्

समय सभ्यता बाँच्दैन/बाँच्न चाहदैन
हो सत्यता स्थिर रहन्छ
आत्माहरु सत्य सेतु हुन्
जुन बयान गरि रहन्छन
आत्मा मारेर जिउनु या
स्वाभिमान निहुराएर बाँच्नु
आपराध हो भनेर l

No comments:

Post a Comment