ऋतुहरु संगै रङ्ग फेर्न बाध्य
पहेला पातहरु
जब मेरो आँगन भरी छरिन्छ्न
एक नजर उठाएर हेर्छु
गुलमोहर रातै फुलेको
बिगत रुझेर निथ्रुक्क हुन्छ
झ्यालका फक्लेटा बाट छिर्ने
यादका सिरेटाहरुले
मुटु थर थर कमाउँदै छ
यी गुनासाहरु
झन झन झ्याँगिदै जादै छन हिजो आज
सेता जङ्गली गुलाब झैँ
छरिदै छन निला शिरिष झैँ ।
No comments:
Post a Comment