Wednesday, February 12, 2014

जिन्दगीको सच्चाई

शास्वत नियम
समुन्द्रमा पानी छ
नदि नहरमा पानी छ
स्वाद उस्तै
आँखाको आँसु
यहि जिन्दगीको सच्चाई ।

मानव बस्तीमा
सुर्यको किरणले
नज़रको रङ्ग बदली दिन्छ
सन्नाटालाई खलबलाई दिन्छ
जिन्दगीको पदचाप निरन्तर
कयौ अनुत्तरित प्रश्न
मनोदशा लेखेर झ्याल बाहिर हाम फाल्छन  ।


प्रश्नहरुको न्याय लिन
यहाँ कुनै राग गाईदैन
कतै अस्तित्व मेट्न जन्मिएको
अस्तित्वको नाद  पछी
अनयासै बगेका  नादान शब्दहरुले
गोरेटो भेटनै पर्छ
जरुरि त छैन ।

No comments:

Post a Comment