Saturday, February 15, 2014

मेरा चिसा आँखाहरु

मेरा चिसा आँखाहरु
केहि पत्र सम्झनाहरु ओढेर
झ्याल बाहिर चियाँउछन

समुन्द्रको निलो पानीको क्यानभासमा
बतासले अनेक आकृति तयार पार्छ अनि मेट्छ ।


हरेक पटक कोरिएका आकारहरुले
मेरो समयको हिसाब
अनगन्ती रातहरुको गन्ति
कसैको खोजमा अलमलिएका गोरेटाहरु
कयौ आशाका फिलिङ्गा
झुलुक्क बल्ने
उती नै छिटो निभ्ने
अस्तित्व,आवरण कोर्दै मेट्दै
सधै झैँ उही बतास
अनि मेरा चिसा आँखाहरु
केहि पत्र सम्झनाहरु ओढेर
फेरी झ्याल बाहिर चियाँउछन ।

No comments:

Post a Comment