Thursday, February 6, 2014

यस्तो याद आओस ढुकढुकी बढाएर जाओस

यस्तो याद आओस ढुकढुकी बढाएर जाओस
दश बिस बर्ष यो उमेरको घटाएर जाओस ।

आफैलाई भुली जाउँ चर्चा चलोस गाउँ घरमा
यस्ता उस्ता दुई चार आरोप लगाएर जाओस  ।


टाढा हुँदा  प्रेमीहरु, जिन्दगी नै आँसु भन्छन
बिछोडमा  जिउने कला  सिकाएर जाओस ।

आभासमै म जिउन सकूँ  यस्तो होस न प्रित
प्रेमिल अमर एकै  गजल लेखाएर जाओस ।

No comments:

Post a Comment