रहर मौलाउछ मनको आँगन भरि
आफैलाई चिनाउनु जो छ
यो युग पढ्न युगको सन्तान जिउँदो चाहिन्छ
यहाँ लासहरु अक्षर बुझ्दैनन
शब्दकोशबाट शब्दहरु फुत्त फुत्त गरि पलायन हुदैछन आत्महत्याको
लागी
मारिने त्रास जो छ
अनि लेखिन्छन कविता मृत संसारको बिधान अनुरुप
मेरो आत्मा जिउदो रहेको भान गर्छ
अनि मेरो सामू उभ्भिएर मुस्काउदै प्रश्न हुत्याउछ म
तिर
" आधुनिक कबिता बुझेको छस " ?
" प्रगतीशील परिवर्तन पढेको छस ?"
म निशब्द लामो सास तानेर सुघ्ने प्रयास गर्छु कविताको
गन्ध
नाम हराएका ,बेचिएका ,साटिएका ,खोसिएका आमुल परिवर्तनका कविताहरु
अब लास हुनु शिवाय कुनै उपाय छैन यहाँ परिवर्तनको ।
No comments:
Post a Comment