"धेरै पो भै सक्यो त है हाम्रो भेट न भएको पनि " एक्लै घोत्लिएर यसरी बर्बराउनु बाहेक के नै उपाय भो र ?
मलाई साह्रै चित्त बुझ्न छाडेको छ अचेल यो अनिलो समयसंग । आफैसंग झन्नक हुन्छ र उठ्छु अनि व्यस्त हुन्छु साथी संगीसंग फोन वार्तामा । बेचेको समयबाट आफ्नो लागी समय निकाल्न धौ धौ नै परेको अवस्था भोग्दै पो हामी परदेशमा ।
"हेर न अती दिक्क लागि सक्यो । अर्को हप्ता त हामी जसरि भेट्न पर्छ है ।
आजै बाट कुरा राख सबै संग " मैले सुझाव सल्लाह थुपारे ।
परदेश, सास नै थुनिएको अनुभव हुन्छ कहिले त । पैसा कमाएकै छ ..सबै छ ....केहि छैन । समय छ ...समय छैन ।
इन्टरनेटको दुनिया हामी एक्काईसौं शताब्दी बाँच्दै छौ तर नकाब ओढेर ।
कसैलाई धेरै नजिक माने पनि अन्जान नै । संगै उठने बस्ने मुहार पनि केहि पत्र मयल परेका ..............बस सोच अनि सोच ।
बढो मुस्किलले मलमासमा ज्योतिषबाट घडी पला जुराएर शुभ साईत निकले झैँ साईत जुराएर हामी चार भेला भयौ अनि निस्कियौ समय सदुपयोग गर्न र जिन्दगीको खरानी बटुल्न ।
केहि समय पछी हामी चारै जना मिलेर एक एक गिलास वाईन संगै कचर पचर लिएर बसेका थियौ
लम्पसार परेको समुन्द्र किनारको बलुवामा ।
बिबिध कुरा निस्के, निफनेउ, समसामयिक बिचारहरु पोखिए , धोईधाई पार्यौ ,घर देश परिवार अनि राजनिती यस्तै उस्तै अनि उही सामाजिक संजाल फेसबुक , हामी बिश्लेष्णकरी बनेर आफ्नो महानत्व देखाउदै फलाना ढिस्काना गर्दै गफ्फिदै रह्यौ । बस फलाना र ढिस्कानाको कुरा नगरी कहाँ हामी यती महँगो समय खर्चिन्थ्यौ त ? लागियो फलाना र फलानी अनि नाटी कुटी,लेख आलेख, कबिता अकबिता,अनुहार दनुहार र अहिलेलाई निकै चर्चित र ब्यापक रहेको नक्कली आइडी चलाउने मानिस देखि लिएर अनेक मुखौटेहरुको बिषय मुख्य बन्दै थियो हामी माँझ ।
अचानक मेरो मोबाईलको स्क्रिन झलक्क बल्छ र पपअप भएर मेरो स्क्रिनमा मेरो संगै भएको साथीको इनबक्स म्यासेज आउँछ "हेई कता छौ तिमी आज ? अनलाईन छैनौ त " ।
मैले मुखमा भर्खर एक घुँट हालेको मात्र के थिए सर्किन्छ घाँटी मै बेस्सरी अनि आँखा रसाउँन बाध्य पार्छ अंगूरकै रस भए पनि । मेरो हातमा भएको गिलासबाट वाईन छल्किएर बिशाल समुन्द्रको किनार बनेर बाँच्दा पनि प्यासी/अतृप्त रहने बलुवालाई चुम्दै आफ्नो अस्तित्व बलुवामै सर्पित गरिदिन्छ ।
म अवाक कहिले साथीलाई कहिले पोखिएको वाईनलाई हेर्छु । साथी मुस्काई रहेकी छ अनि वाईन बालुवामा ओभानो भएर हराई सक्यो । म आफैमा आफै नरहेको आभास हुन्छ परिचय र अपरिचय भित्रको यथार्थ बुझ्न नसक्दा । सत्य र असत्यको संघारमा च्यापिन्छु बेस्सरी ।
तर मैले पिएको वाईनले आफ्नो कर्तब्य पालन गर्नै सकेन /सक्दै सकेन ।

No comments:
Post a Comment