हिजो देखि भित्रभित्रै उकुस मुकुस भै रहेको थियो त्यसैले मन शान्त होस भनेर नै सुनसान सडक एक्लै नाप्न निस्कन्छु । समुन्द्री सिरेटोले यो तनलाई शितल त गराउदै छ तर म भित्रको ज्वालालाई अझै उग्र पनि बनाउदै छ । म जती जती सोच्दिन भन्दछु त्यहि नै ती छविहरु मन मस्तिष्कमा फैलिदो छ । उ म संग भएर पनि छैन र नहुनु को अर्थमा म उसलाई मेरो जिन्दगीमा सामिल गर्दिन पनि हैंन । थाहा छैन कहाँ छ त्यो संसार जुन मेरो सोच भित्र छ । छ कि छैन ?। यस्तै यस्तै अन्यौलको यो यात्री सधै एक रुमानी कल्पनामै जीवन खोज्दै भौतारिन्छ । म साँच्चै नै मानसिक रोगी हु त ? यस्ता प्रश्न पनि नउठेका हैनन् यो दिमागमा । जवाब कसले दिने मलाई ? डाक्टर भन्दा अर्को को हुन् सक्छ र यो सम्झाउने मलाई त्यसैले क्लिनिकको ढोका पनि ढकढकाउन पुगे । तर त्यो मेरो सन्तुष्टि हुन् सकेन । मेरा सारा रिपोर्टहरु नर्मल देखिए । यदि म नर्मल हुन्थे भने यो तड़प किन छ म भित्र ? के चाहन्छु म ? यो असन्तुष्टी के र कसका लागी हो ? साथी , नाम , दाम,काम , घर परिवार , आफन्त ? कदापी हैन । अनौठो आवाज संगै समुन्द्री छाल मलाई मेरो सोचका तरंगबाट ब्युँताउन सफल हुन्छ । एकछिनको टोलाई पछी फेरी उही सोचका गर्तहरुमा डुबुल्की खेल्न पुग्छ मेरो अनियन्त्रित सोच ।
"रोनी " मेरो प्रेमी जसलाई म मेरो अन्तर हृदय देखि नै प्रेम गर्छु । उ म भित्र नै छ यो महसुस गर्छु । उसलाई प्रेम गर्नु मेरो कम्जोरी या भूल पनि कदापी हैन । न कुनै आशक्ती छ मेरो प्रेममा । तर एउटा अनौठो प्यास छ म संग । कसरी यो तृष्णा र कसले यो तृष्णा मेट्ला या मेटिएला वा म यहि तृष्णा लिएर यो संसार बाट पलायन हुनु पर्ने छ । के मैले मायाको अर्थ आज सम्म बुझ्न सकिन ? रोनी, उसको आफ्नै संसार छ । एक जिम्मेवार पुरुष हुन् । मैले संसार देखेको छु उनको शब्दमा । जिन्दागी बुझेको छु उसको आँखा पढेर ।
उनि संग मैले बिताएका रात र दिनहरुमा म पूर्ण सन्तुष्ट रहे । तर प्रेममा सधै असन्तुष्टता /अतृप्तता किन छ । । उसले अधर चुमेको अहसासले मात्र पनि मैले बर्षौ जिएको अनुभव गरेको छु । तर म प्रेमको त्यो अमृतको कल्पना गर्छु जुन शरिस देखि धेरै पर हुन्छ । रोनी र म बीच यी यावत कुरा लिएर विवाद नभएका पनि हैनन । कयौ पटक हामीले एक अर्कालाई सम्झाउन नसकेका पनि हैनौ । हामी बीच धेरै भिन्नता हुदाँ हुदै पनि केहि समानता छ जसले हामीलाई जोडी रहन्छ । मेरो बेतुक, बेमेल सोच र कल्पनालाई उ सम्मान गर्छ । म नै केहि गर्न सक्दिन या उसलाई बुझ्न सक्दिन कि झैँ लाग्न थालेको छ आजकल ।
अहिले उ कामको सिलसिला लिएर अर्को शहरमा गएको छ । उ छैन , म र मेरो सोच एउटा बेलगाम घोडा झैँ एकहोरो दौडिदै छौ बेनाम गन्तब्य तिर । आज सम्म प्रेमको अर्थ बुझ्न सकिन या नसके झैँ नै गरेको हु त मैले ? या मैले यो बुझ्ने,भोग्ने प्रयास अझैँ गर्ने पर्छ । हुन् त एक कोसिस नगरी कसरि आफुलाई असमर्थ घोषित गरु ? हावाले कपाल अनुहार भरि फैलाएर जान्छ । म एउटा हातले कपाल समेट्दै भुई हेर्छु । चारैतिर फैलिएको बालुवा अनि त्यहि बालुवामा मेरा सोचका तस्विर देखिन्छन । म एक पछी एक तस्विरमा मेरो प्रेमको अर्थ खोज्छु । नजर थाक्छन मैले सोचेको खोजेको संसारको र प्रेमको परिकल्पनामा ।
म एक रात यहि ठाउँमा बिताउन चाहन्छु उ संग ,उसको छातीमा टाउको राखेर मुटुको धड्कन सुन्दै गन्दै । मधुर संगीत सागरको , मन्द मन्द बग्ने उत्ताउलो बतासको चुम्बन हामी दुबैको शरीर भरि । लास झैँ लम्पसार परेर प्रेमको अनुभूती लिने चाह । जहाँ शरीरको कुनै चाह नहोस, शरीर देखि धेरै धेरै पर हाम्रो आत्माको समर्पण रहोस । के यस्तो प्रेम हुन् सक्दैन र ? मेरो यस्ता कुरा सुनेर रोनी खुलेर हाँस्ने गर्छन तर मलाई पागल करार गर्दैनन् । म उसको आँखामा हेर्ने गर्छु तर त्यहाँ मेरो कुरालाई लिएर कुनै ब्यङ्ग पनि हुन्न तर पनि मलाई उनि हाँस्दा नमिठो लाग्छ । मेरो भावनालाई बेवास्ता गरे झैँ लाग्छ । म रिसाउने गर्छु अनि उनी फकाउछन ।
मैले कयौ पटक प्रश्न गर्ने गरेको छु उनलाई " पुरुसहरु बेश्या संग जान्छन आफ्नो यौन तृष्णा मेटाउन के त्यहाँ प्रेम हुन्छ या मात्र प्यास ?" । बेश्या कहाँ प्रेम कहाँ हुन्छ ? प्रेम किनेर पाईन्छ र ? उनि हाँस्छन उस्तै । तिम्रो अनुभवले के भन्छ ? मेरो प्रश्नको सिलसिला कहाँ सकिन्छ र ।
"मेरो अनुभवले पनि त्यहि भन्छ त्यहाँ शरीरको प्यास मेटिन्छ तर प्रेम भेटिन्न । "
"उसो भए शरीरको माग प्रेम हैन ?" म प्रश्न थप्छु ।
" प्रेममा सबै हुन्छ र हुनु पर्छ त्यहाँ कुनै सिमा छैन " उनि मलाई सम्झाउन खोज्छन । म आफुलाई उनको अँगालोमा जती सुरक्षित अन्त कतै पाउँदिन ।
"बेश्या, पुरुस बेश्या ! हो म एक पटक त्यहाँ जानु पर्ने हुन्छ प्रेमको अर्थ खोज्न "यी तरंगहरु संग अल्झिदा अल्झिदा मेरो मनले मन संग भन्छ । उसको समय म संग बेचिएको हुन्छ या उ मैले किनिएको हुन्छ र मैले जस्तो चाह्यो उसै गर्न बाध्य छुन्छ । सायद किनेको प्रेमले मेरो आत्म सन्तुष्ट गर्न सक्छ कि ? मैले यो समयको सदुपयोग गर्नै पर्छ । अचानक म मा नयाँ स्फुर्ती आउँछ । सधै थाकेको जस्तो लाग्ने यो जिन्दगी प्रेमको एक अर्को प्रयोगको लागी तयार हुन्छ । म झसङ्ग हुदै यता उता हेर्छु । साँझ गहिरिदै छ । म बसेको ठाउँबाट जुरुक्क उठछु र पाईला अघि सार्छु । एक अनौठो चाह बोकेर अन्जान गन्तब्य तिर आत्मा सन्तुष्टीको लागी एक नयाँ प्रेम प्रयोगका लागी ।

No comments:
Post a Comment