Monday, December 15, 2014

म भृंग तृष्णा

उस्तै छ गल्ली र गोरेटो
उस्तै समयको बिम्ब
मैले टेकेको धराताल
तिमीले नियाँल्दै गरेको आकास
के के उस्तै छ ?

अमुर्त प्रश्न,
परिभाषामा तारिक प्रेमको
धेरै याद आई रहेछ
त्यहि ,उही डिसेम्बरको चिसो ।


छैनन, मेरा नयन रसाएका छैनन्
न त मुस्काउन नै सकेका छन् ।

म भृंग तृष्णा
मरभूमिको बगरै बगर
स्मृतीका तस्विरहरु पछ्याउदै
अतृप्त बह एक संदेश पठाउछ
त्रास मारेर जन्मेको
एक प्रेमको सम्झना ।

No comments:

Post a Comment