Sunday, December 28, 2014

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट
छन् उपाय मुक्त हुने अनेक सवालहरुबाट ।

मलाई खरकै छानो काफी हुनेछ जिउन
बच्नै पर्ने छ भने पनि  बतासहरुबाट ।


थाहा छ यी बयान लेखिन्छन ,मेटिन्छन
कोई अछुतो छैन उसको प्रभावहरुबाट ।

"निर,नीर' हो बुझ्न कठिन कदापी छैन
जसले  घर रंगाएको छ अंगारहरुबाट ।

अनुरोधहरु क्या क्या शालीन भेट्टीन्छन
धेरै थोक सिक्न सकिन्छ अपबादहरुबाट ।

No comments:

Post a Comment