Monday, September 29, 2014

लेखकले शब्द एक अर्थ अनेक लेखेको छ

लेखकले शब्द एक अर्थ अनेक लेखेको छ
पाठकले अनेक शब्दमा एकै अर्थ भेटेको छ  ।

यहाँ दुइ शरीर एक आत्माको बयान हुन्छ
आँखा ले किन  भिन्दा भिन्दै दृश्य देखेको छ ।


कुनै दिन र आजको दिनमा फरक यत्ति  हो
उसले मनको  सिमाना खुम्चाउदै लगेको छ ।

यो बजारमा आजकल बोलीको ब्यापार हुन्छ
प्रेम,धर्म र कानुनले शरीरलाई रोकेको छ ।

जानकारहरुले ज्ञान कहाँ लिएर आए कुन्नि
सिक्नेहरुलाई आ आफ्नो नियमले ठोकेको छ ।

No comments:

Post a Comment