Friday, April 11, 2014

सपनाको डायरी


सधै झै
झ्यालको चरबाट चियाउछ
एक धर्को आशाको किरण
अनिद्रा संगै खोलिन्छ
एउटा डायरी

लेखिन्छ सपनाको खर्च
कोरिन्छ मधुरो चित्र
निस्तेज
सेता फूलहरु
समुन्द्र माथिको धुवाँ
अलिखित प्रतिबिम्ब
समय
जीवनकाल
अनि मातृभूमिको प्रेम ।

No comments:

Post a Comment