Friday, April 18, 2014

पागल झै के के भिरेर हिड्छ

पागल झै के के भिरेर हिड्छ
तर बोलीमा इमान राखेर हिड्छ ।

शरीरमा चिथ्रा छन् च्यातिएका
उही छातीमा देश बोकेर हिड्छ ।


रोएर के पाउनु उसका लागी
जो खुशी अन्त नै खोजेर हिड्छ ।

खुब भेट्ने चाह छ समयलाई
बेईमान सधै लुकेर हिड्छ ।

हुन्छ गन्तब्य उसैको प्रतिक्षामा
जो थकान भुल्छ फेरी उठेर हिड्छ ।

शानले भन्छ म त राजा पो हुँ
भिडमा खै के के मागेर हिड्छ ।

No comments:

Post a Comment