Saturday, April 5, 2014

शितको युद्ध

दुर बादल चम्किन्छ
रातले गाजल पखाल्छ
गगनको
तिमी र म
संगीत
यी बाटाहरू
अब अलि फरक लाग्दैछ

किनकी
मनहरू समय रूचाउछन
जरूरत बन्छन
पासा फ्याक्छन र भन्छन
यी आदत भएका छन हाम्रा
हो अब यथार्थबोध हुदैछ
यी बिसातहरुको दावपेच संग
खेल रहस्य बुझ्ने
र बुझ्ने एक दिन
खेलका यी दायराहरू
मानव मनसंगै खुम्चिने छ
हो ! िशतहरूको युद्ध बिहान सम्म हो ।

No comments:

Post a Comment