Saturday, March 29, 2014

शिरिषको फूल

यो शिरिष फुल्ने मौषम हो है
हैन यसको खास रङ्ग कस्तो हो ?
हाँगा देखि भूईभरि
छरिएका यी फूलहरु
एकटक हेरी रहन्छु
निलो ? हैन
बैजनी ? कतै
बैगुनी ? सायद

फूलको रङ्ग बुझ्न
रङ्गको अर्थ बुझ्न
अनेक कौतुहलता जुर्मुराउदै छ
के शिरिषको फूल
साँच्चै बैगुनी हो ?

No comments:

Post a Comment