Saturday, March 29, 2014

मनको बक्तब्य

आफ्नै अदालत
आफ्नै वकालत
केहि पलको मौनता
बिस्वास र बाध्यता बीच
मन बक्तब्य दिन्छ
नजर कम्जोर हुनुको
रातको अँध्यारोमा उपस्थित सपना
कसले देखेको छ उसको मुहार
छरिनु / पोखिनुको अनेक कारणहरु छन्
जिन्दगीका
 कती गुनासाहरु /कती अशान्तिहरु
हरेक मोडमा आन्दोलन गरि रहन्छन ।


म सोह्र बर्षको थिए
मलाई काम गर्नु छ
पैसा कमाउनु छ जीवनका लागी
मेरो आमा बाबुलाई भेट्न जान पैसा चाहिन्छ
कि
म पुग्दा सम्म पक्कै उनको मृत्यु हुनेछ/भै सकेको हुने छ
जीवनमा एक्लो हुनु नै पर्छ
यहाँ साथ कसको थियो / छ
बिगत नामेट कतई हुदैन
यस्तै यस्तै रूपमा अत्यासहरु
बगलको कोठाबाट फुत्त फुत्त निस्केर
बर्बराउदै/ छटपटाउदै
मेरो वरिपरी आएर आत्महत्या गर्दै छन्  ।

No comments:

Post a Comment