Monday, March 24, 2014

पृथ्वीको पुनर्जन्म

समाचार या खबर
बेखबर छन किन
बिज्ञानले संसार जितेको दावा गर्दा
प्रकृति आन्दोलित हुन्छ र त
आकासमा उड्दा उड्दै सयौ अस्तित्व हराउछन
सागर सारा रहस्य निलेर निस्लोट भै िदन्छ ।

डाक्टरले अङग अङग काटेर जोड्दा
जिवनले सास लिन्छ
शक्तिको उन्मादमा उफ्रेर सिमा नाघ्दा
सिमानाका सैनिक सक्रिय हुन्छन
घमण्ड निस्तेज पार्छन ।


वरिपरीका दृष्यहरू किन यसरी काउकुति लगाउछन मलाई ?
हो यी अघोषित युद्धहरू हुन
जहाँ प्रकृती र बिज्ञान मैदानमा छन ।

कुनै बेलाको महाभारत र कुरुक्षेत्र
धर्म र कर्मकाण्डहरु
केहि बरदान र परिणामहरु
फेरी बिबेचना
हिटलरका डेथ च्याम्बरहरुको
शेष
यहाँ पृथ्वीले इच्छा मृत्यु पछी पुनर्जन्मको बरदान पाउनु पर्छ ।

No comments:

Post a Comment