Saturday, March 22, 2014

मान्छे

मान्छे
नागरिक हुँदा
कर्तब्य बोक्छ काँधमा
घर र देशको
निस्कन्छ सपनाहरुको थाती सहित
मरभूमि सिच्न
मान्छे हुनुको दम्भको चित्र
उसको रुझेका आँखा
एउटा कहानी भन्छ ।


किसान हुँदा
मनको आँधी र तुफान
असमयको वर्षा
बिउंको लागी केहि कर्ज
हरेक बर्ष बढ्ने ब्याजको क्यानभास
उसको रुझेका आँखा
एउटा अर्कै कहानी भन्छ ।

लेखक हुँदा
भोगाईका अनगन्ती अनुभव
केहि दुरदर्शिता केहि आलोचना
पारदर्शिताको बलात्कार
अनेक सजिव निर्जीव चरित्रको हत्या
उसको रुझेको आँखा
थप रहस्मयी कहानी भन्छ ।


जीवनको तृष्णा मेट्ने यो दौडमा
कती धुर्तता / असभ्यता/अभिनय / पात्र
हिसाब,किताब / अदला बदला
आक्रोश /बिद्रोह /द्धन्द
मान्छे हुनुको अदम्य स्वार्थ
भो अब यहाँ मान्छे नहुनु छ
हुनु छ त अमान्छे
नागरिक/किसान/ लेखक ।

यथार्थ
भर्खर जन्मेको मासुम अमान्छे
कती निश्छल/ पवित्र विचारका संवेगहरु
न कुनै समीकरण भूत र भविष्यको
न चिन्तन न कुनै चोटको निशान
न कुनै आरोह अवरोहको इतिहास
न गुल्मी सन्डेको संगीत
न युद्धको कबिता बयान
उसको निर्दोष आँखा
मेरो/तिम्रो /हाम्रो यथार्थको कहानी भन्छ ।

21 march 2014 world poetry day

No comments:

Post a Comment