Saturday, March 29, 2014

जीवन एक नाम

जीवन
एक नाम
अनुबन्धित सास
कवित्वपूर्ण दस्तखत
जागिर कारागारको
चक्रब्यु
प्रतिबादहरु
उल्लास

बिहानीमा टल्कने शित
अनुमान
लेखिन्छ /मेटिन्छ
एक झोका हावा
केही थोपा आँसु
आघात संगै
अस्तित्वको आख्यान
जीवन
एक नाम मात्र ।

No comments:

Post a Comment