Wednesday, February 11, 2015

हो म प्रेम गर्छु

म अनौठो रागलाई प्रेम भन्छु
जसमा मेरो वरिपरि स्वत: सन्नाटाहरु परिभाषित हुन्छन
केहि प्रिय अप्रिय बक्तब्यहरु
केहि अबोध अभिब्यक्ती संगै
भावनावेशमा थप भूमिका लेख्छ उही प्रेम ।


अनयासै काल्पनिक सम्बाद रोकिदा
कतै जोडिएर ,कहिले छुट्टीएर
यी भावनाहरुले एक संवेग दिन्छन
यसरि अचानक
बेतुक जिन्दगीको परिचय खुल्छ ।

आँखाको सम्भवहरुमा
मैले केहि हरफ पढेर गज़ल भन्छु
आँखाकै सम्बादहरुमा
मैले कविता कोर्ने प्रयास गर्छु
शब्द संवाहक परस्पर सारथी हुन्छन
अमुर्त अर्थ खोज्न
म कसरी भनु " म प्रेम गर्दिन" ।

उन्मुक्त मुस्कानमा
बोझिल परेलीहरु
बिहानको पहिलो किरणसंगै
शीतका थोपाहरु
समय,दिन,रातको हिसाब नगरी
पुर्ववत
एक निमेष लिएर हिडेका हामी
फेरी एक पल उभिएर नियाँल्छौ
एक टुक्रा प्रेमपत्र र दिवस
गुलाबका पत्रहरु
प्रेम प्रस्ताव र
खाली हात प्रेम वास्तविकता
"हो म प्रेम गर्छु "।

No comments:

Post a Comment