अन्जान हैन चिनजानी मै खतरा छ अब
मित्रले गर्ने वफादारी मै खतरा छ अब ।
घातको नियम आउँ सिकौ भन्छ मेरो साथी
कयौं निती मान्ने यो दोस्ती मै खतरा छ अब ।
धड्कनै भुली यादका मोतीहरु बटुल्छ
दिलले गर्ने सानो जिद्दी मै खतरा छ अब ।
यादहरुले चिथोर्छन् एकनास भित्रभित्रै
हिड्न डुल्न पुरानो गल्ली मै खतरा छ अब ।
हावा पानी ,रिस राग समयको बन्धकी म
सबैको उधारो यो जिन्दगी मै खतरा छ अब ।
मित्रले गर्ने वफादारी मै खतरा छ अब ।
घातको नियम आउँ सिकौ भन्छ मेरो साथी
कयौं निती मान्ने यो दोस्ती मै खतरा छ अब ।
धड्कनै भुली यादका मोतीहरु बटुल्छ
दिलले गर्ने सानो जिद्दी मै खतरा छ अब ।
यादहरुले चिथोर्छन् एकनास भित्रभित्रै
हिड्न डुल्न पुरानो गल्ली मै खतरा छ अब ।
हावा पानी ,रिस राग समयको बन्धकी म
सबैको उधारो यो जिन्दगी मै खतरा छ अब ।
No comments:
Post a Comment