Friday, January 18, 2013

साँचो छ प्रेम किटान लेखु कि


साँचो  छ प्रेम  किटान लेखुँ  कि
प्रीतीको नौलो बिधान लेखुँ कि ।


अनुभूति मै बाँचिदै छ युग
अथाह चाह रुझान लेखुँ  कि ।



बयान गर्दा फूलले उसको
हर कोई थे हैरान लेखुँ कि  ।


निर्मल निश्छल पवित्र मनको
शब्दै शब्दमा सम्मान लेखुँ  कि ।


अतीत समेटी गजल भरी
यो जिन्दगीकै थकान लेखुँ  कि ।

No comments:

Post a Comment