Friday, January 3, 2014

दिवार गजब लाग्छ

दिल दिल माझ छन् दिवार गजब लाग्छ 
देख्न सुन्न दर्शन विचार गजब लाग्छ । 

हर रात मलाई मेरै परिचय दिन्छौ 
याद तिम्रो सबै उपहार गजब लाग्छ ।


उ आफु उभिएको माटोको मोल सोध्दैछ 
बिद्वानले ठान्ने उपकार गजब लाग्छ ।

जहाँ मृत्यू पछि अस्तित्व भेटिन्छ 
यो धर्म चलन व्यबहार गजब लाग्छ ।

यी आँखामा कयौ सपनाहरु मरेका छन
लासमा जिन्दगी देख्ने संसार गजब लाग्छ ।

No comments:

Post a Comment