लघु कथा : सहयोग
- निर्मला खड्का
टेलिभिजनमा समाचार आइ रहेको थियो । " आज बिहानै हिम पैह्रो संगै सेती नदीमा आएको बाढीले सेती नदीको किनारमा बसेको सारा बस्ती बगाएर लागेको छ । भर्खरैको ताजा समाचार अनुसार सात जनाको मृत शव फेला परेको छ भने कयौं मानिसहरु अझै लापता छन । उनीहरुको खोजी कार्यमा नेपाल प्रहरी र सेनाका जवानहरु तदारुकताका साथ लागी रहेको जानकारीमा आएको छ " । बडो ध्यान पुर्वक समचार सुनी रहेको रामे जुरुक्क उठ्छ बसेको ठाउँबाट । भित्तामा टाँगी रहेको टिशर्ट र पाइन्ट लगाउछ । हतार हतार बाहिर निस्कन्छ । एउटा छापाखाना अगाडी गएर टक्क अडिन्छ र माथि झुण्डी रहेको बोर्डमा हेर्छ " शीतल छापाखाना "। खुसुक्क भित्र पस्छ ।
"नमस्कार सर " दुई हात उठाउदै भन्छ रामे । भित्र अफिसमा एकजना अधबैसे मानिस व्यस्त देखिन्थे काममा ।
"नमस्कार हजुर, आउनुहोस् " ती व्यक्तिले रामलाई चिनेकै हुनु पर्छ ।
"सर, आज धेरै व्यस्त छु म उता सेती नदीमा बाढी आएर धेरै जनमाल को क्षती भएछ । चन्दा संकलन गरेर सहगोय गर्न जानु पर्ने भो त्यसैले बाढी पिडीत का लागी सहयोग भनेर हजार थान जती चन्दा रसिद छापिदिनुहोस है साँझ सम्म " उसले मुहार गम्भिर बनाउदै भन्यो ।
"हुन्छ, साँझैँ आएर लैजान सक्नु हुन्छ म छापेर राखिदिने छु " ती ब्यक्तीले जवाफ दिए । रामे छापाखानाबाट बाहिर निस्किदा उसको अनुहार हँसिलो र ओठको मुस्कान गहिरो थियो ।उसले नाम र दाम कमाउने एउटा मौका पाएको थियो ।
No comments:
Post a Comment