रात ढल्दै छ चुपचाप यहाँ
रात ढल्दै छ चुपचाप यहाँ
दियो बल्दै छ चुपचाप यहाँ ।
कति सहनु ,समयको मार
तन गल्दै छ चुपचाप यहाँ ।
भारी बिसायौ,अंगालोमा कस्को
बात खल्दै छ चुपचाप यहाँ ।
हारेको हैन, बिबशता हो कि
दीन टल्दै छ चुपचाप यहाँ ।
बसाईं सार्यो बस्तीबाट कस्ले
चीता जल्दै छ चुपचाप यहाँ ।
निर्मला खड्का
No comments:
Post a Comment