Saturday, May 12, 2012

सिमा, मेरी साथीसँगै अतित सम्झदा

निर्मला खड्का
एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएकि साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल विना म पनि टाढिएर रहन सकिन । र त हिजो आज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा "सौरभ गुरुङ" को भित्तोमा पुगे जसले मलाई आज भन्दा बिसबाइस वर्ष हिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायोसौरभ गुरुङ मेरो साथीको छोरा, उनि आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छनसौरभकी आमा सिमा अनि म सानै देखि स्कुल मा संगै पढ्दै यस यल सी सम्म संगै थियौहामी संग संगै हास्दै, खेल्दै आफ्ना जीवनका सपनाहरु बुन्ने गर्थेयौ,कसरि ती सुनौला सपनाहरुलाई यथार्थको रुप दिने भनि एक आपसमा सल्लाह गर्थयौजिन्दगी चलाउनुको पाटोहरूमा मनभरि अनेकथरिका तानावाना बुन्दै अगाडि बढ्दै थियौँ । सबै साथीहरुको आ-आफ्नै भबिष्यको सपना थियोकोहि के भन्थे भने कोहि के? तर म सिमा र अरु दुई साथीहरु मिलेर स्टाफ नर्स बन्ने सपना बुनेका थियौ । तिनै सपनाहरूमा रूमल्लिँदै एसएलसी सम्मको परक्षा पनि दियौँ । परीक्षा दिएर परक्षाफलको प्रतिक्षा गर्नु कति अधैर्य हुनछ सायदै भनिरहनु पर्दैन ।सँसारिक झमेलाको सञ्जालमा जन्मिएका हामी, समय र भाग्यले सबैको साथ नै पो कहाँ दिंदोरहेछ? सोचे जस्तो भैदिए, जीवनको अर्थ नै बुझिदैन थियो होला ! सबै सपनाहरुले यथार्थता पाए फेरि सपना बुन्नुको विकल्प नै रहने थिएन भने अर्कोतिर सपनाको मोल नै कमि हुनेथियो होल ! परिक्षाफल प्रकासित भयो हामीले सफलता पनि हासिल गरयौ हामी केहि साथीहरुको स्टाफ नर्स बन्ने सपना अधुरो नै रह्यो तै पनि सिमाको सपना पुरा हुने भयो उनि आफ्नो अगाडिको पढाइको लागि काठमाडौ गईन् ।यता मेरो सपना भत्किरहेको थियो । सपना भत्किँदाको पछाडिका सम्झौताहरूसँग पैठेजोरी खेल्नै पर्ने थियो  तैपनि मैले आफ्नो पढाई आफ्नै शहरको कलेजमा नै शुरु गरे । सबै साथीहरु संगै हुन नसके पनि हामी केहि संगै पढ्दै थियौ सीमासँग मेरो बारम्बार पत्राचार भैरहन्थ्यो उनि आफ्नो भबिष्यलाई उज्यालो तिर लैजादै थिइन हामी दुइले साना भन्दा साना कुराहरु पनि एक आर्कालाई भन्ने गर्थयौ समय बितेको थाहै भएन एक बर्षको पढाई सकेर सिमा छुट्टीमा घर आउदा हाम्रो भेट भयो रातभरि संगै बसेर वर्षभरि भोगेका तितामिठा अनुभवहरु बाँडयौ कहिले को साथीकोमा जम्मा हुन्थ्यौ भने कहिले कसकोमा अनि सबैजना भेला भयो रमाइला रमाइला कुरा गर्यो रात वितेको पत्तो नै हुदैनथ्यो । यस्तैमा सीमाको बिदा सकियो उनि फेरि काठमांडू फर्किइन हाम्रो उहि दिनचर्या शुरु भयोजिन्दगी पानी घट्टा जस्तै घुमिरहेको थियो । समयचक्रमा बितेका दिनहरू इतिहाँसका पाना बनेर विस्थापित हुदै थिए । नर्सिङ्को पढाईमा, पढाइको चाप बढी अनि बिदा कम हुने हुनाले सिमा पनि घरतिर आउन नभ्याएकि होलिन् सोच्थे । सिमाले आफ्नो शिक्षा सकेर टिचिंग हस्पिटलमा नै जागिर गर्न शुरु गरिन पनि आफ्नै पढाई अनि आफैमा ब्यस्त हुदै गएँ । तर पनि साथीत्वको महिमा, सँगै रूमाल लुकाइ खेलहरू सम्झदै पनि साथीभाइको याद गहिरो बनिरहँदो रहेछ । त्यसैले हाम्रो पत्राचार यथावत नै थियो फोनको सुबिधा आएकोले कहिलेकाहीँ फोनमासमेत कुरा हुन थालेको थियो
एकदिन अचानक सीमाले फोनमा भनिन "म भोलि आउदैछु अनि सबै भन्दा पहिले तिमीलाई नै भेट्न चाहन्छु ..जसरि पनि समय मिलाउनु है ..धेरै कुराहरु गर्नु छ" मैले पनि खुशी हुदै भने "हुन्छ नि त, तिमि आऊ त पहिला यार"...त्यसको आर्को दिन उनि घर पुग्न साथै मलाई फोन गरिन र आफ्नै घरमा बोलाइनम पनि घरमा आमासँग भनेर उनलाई भेट्न गए
मलाई कति बेला सीमालाई भेटु भैसकेकोले हतारिदै उनको घरतिर लागे मलाई देख्न साथ उनि खुशी हुदै मलाई अंगालोमा बाँधिन। एउटा गहिरो शुन्यता भरिएको अनुहार थियो सिमाको । सिमामा मैले धेरै परिवर्तन देखे त्यो दिन l धेरै पछि सिमासँग भेट भएकोमा म पनि खुशी थिए, मैले उनकी आमालाई नमस्कार गर्दै सन्चो बिसन्चो सोधे अनि फेरी हामी सीमाको कोठातिर गयौकोठामा भित्र पस्दासाथ मलाई एउटा आश्चर्यले स्वागत गर्योिमाको पलंगमा एउटा सानो लगभग एक बर्ष जतिको बालक मस्त निद्रामा सुति राखेको थियो.."को हो" भनि मैले मुख फोरेर सोध्नै सकिन । तर मेरो नज़रमा भएको प्रश्न सिमाले तुरून्तै बुझिन र भनिन - "बस्न यार म सबै भन्छु नि, मेरो सुख दुख सबैमा साथ रहने साथी तै त् होसआज तीन बर्ष पछी भेट्दै छु, रात भरि बसेर कुरा गरौला अहिले केहि खाऊ है " मैले पनि "हुन्छ" भनेधेरै समय पश्चात साथमा बसेर खाना खानुको आनन्दाभूति एकातिर थियो । मनभरि उहि कोठा भित्रको आश्चर्यचकितले कौतुहलता पैदा गरिरह्यो । मान्छेको मन न हो कहिले के सोच्छ कहिले के? कति पटक त यसले नाजायज काम गरेछ भनेर भित्र भित्रै साथी हुनुको आत्मग्लानीले खुलदुली मच्याईरह्यो फेरि पनि सानैदेखिको साथीत्वको पवित्र सम्बन्धले सोचिरहे कि मलाई नभनिकनै विहे गरेछ । अहँ कतैबाट पनि उस्को कुरा नसुनेसम्म समाधान नहुने भो ।
खानपिनको काम सकियो । खानपान सकेर जब हामी फेरि कोठामा आयौ मेरो लागि आश्चर्यताले भरिएको उहि अपरिचित बालक अझै सुति रहेका थियो । मेरो आँखामा घुमिरहेको कौतुहलतालाई सीमाले बुझि र बिस्तारै भनिन "बस म भन्छु सबै कुरा "यो सौरभ हो मेरो छोरा" म त छाँगा बाट खसे झैँ भए, बिहेको कुरा त सुनेको थिईन,, यहाँ त् सीमाले छोराको पो कुरा गर्दैछे! मैले सोधे "हैन बिहे कहिले गरिस" सीमाले चिसो स्वरमा भनिन "मेरो बिहे भएको छैन " "उफ्फ़ के भन्दै छस तैले ..सबै कुरा भन मलाई " म चाहि अत्तालिईरहेकि थिए भने उ चाहि स्वाभाविकतः शान्त देखिन्थिन "तैले कृष्ण सापकोटालाई चिन्छ्स नि है स्कुलमा हामी भन्दा दुइ बर्ष सिनियर थिए नि?अचानक सीमाले सोधिन.. मैले "चिन्छु" भनेसिमा बोल्दै गइन " मलाई माफ गर्नु साथी हामी यति नजिक भएर सबै दुख सुख बाँडे पनि यति ठुलो कुरा मैले तिमीसंग लुकाएकि थिएँ । स्कुलमा पढदै देखि नै हामी बीच प्रेम सम्बन्ध थियो, हामी दुबैले आ-आफ्नो पढाई सके पछी बिबाह गर्ने निर्णय गरेका थियौ र म काठमाडौँ पढ्न गएकी थिएहामी बीचको सम्बन्ध झन् बढेको अनुभव गर्थे मैले..पछिल्लो पटक म बिदामा आउदा मैले कृष्णलाई भटेकि थिए धेरै कुरा गरेका थियौ भविष्य संगै बुनेका थियौ । जहिले हाम्रो पढाई सकिन्छ र हामीले घरमा सल्लाह गरेरै बिहे गर्ने भनि कुरा गरेका थियौप्रेम अन्धो हुन्छ भन्ने सुनेकी थि तर त्यसबेला म नै अन्धो भए र हामी बीच जे नहुनु पर्ने थियो त्यो भयो मैले आफुलाई समर्पण गरे..मैले सोचिन त्यसबेला मेरो भबिष्यले कस्तो मोड लिनेछ भन्ने सोच्दै फेरि म काठमाडौँ फर्केदुई महिना पछि मलाई थाहा भयो म गर्वती भईसकेकि रहेछु । थाहा पाउने वित्तिकै मैले सबै भन्दा पहिले कृष्णलाई फोन गरे र भने तर कृष्णले हाम्रो जाति भिन्न भएको कारण अहिले बिहे गर्न नसक्ने कुरा गरे । उसो र अझै अगाडि मलाई कुनै औषधि द्धारा गर्वपतनको सल्लाह दिए । उनका यस्ता स्वार्थी कुराहरू सुने तर केहि भनिन
दिउँसै आकाश मडारियो, घाम डुबेर अन्धकार छाए जस्तै भयो । मस्तिष्कभरि हावाहुरी चल्न थाल्यो । मडारिएको कालो बादलबाट बर्षात शुरू होला जस्तै भयो तर पनि म रुन पनि सकिन र फोन काटिदिएमेरो अगाडी सबैकुरा शून्य–शून्य भएर आयो  मैले के गरु भनेर सोच्नै सकिन । आफ्नै जिन्दगी देखेर एकपटक त रिङ्गटा लागे जस्तै भो । शरीर फतक्क गलेको अनुभव गरे । शरीर थाम्नै गाह्रो भए जस्तो भएकाले थचक्क भुइमा बसे । अब प्रेमको आवेशमा आएर गरिएको व्यक्तिगत गल्ती कसलाई भन्ने हिम्मत पनि हुदैनथ्यो । अन्ततः आफ्नै गल्तीका कारण मेरो पढाई पनि लथालिंग हुने भो भन्ने अनुभव भयो सँसारमा मर्नु वा मार्नु पनि त त्यति सजिलो कहाँ छ र? सँघर्ष गरेर बाँच्नुको अर्को विकल्प छैन भन्ने सोचेर यो अवस्थामा कसरी सुधार ल्याउने भन्ने सोचतिर लागेँ । मैले भ्रुणहत्या को त् कल्पना नै गर्न सक्दिनथे र म आफै मरु भन्ने कुरा मनमा नजन्मेको हैन । मैले त्यति बेला तिमीलाई धेरै सम्झेकि पनि थिए तैपनि तिमीलाई केहि भनु पनि त कसर? सोच्दा सोच्दै थुप्रै दिनहरू बिते । सबै अस्तब्यस्तको जीवन थियो । ममा केहि दिन यता आएको परिवर्तन त्यहि संगै पढ्ने एकजना इन्डियन रमिला भन्ने साथीले ध्यान दिइ रहेको रहेछिन उनले एकदिन नजिक आएर सोधिन "सिमा, केहि दिन यताबाट तिमी धेरै निकै दुःखी देखिई रहेकी छौहुनत हामी सबै परिवारबाट टाढा छौ, त्यो दुख त् छदैछ तैपनि तिमीले मलाई एउटा राम्रो साथी मानेर सबै कुरा भनम सके सम्म सहयोग गर्ने छु" म रमिला को काखमा धेरै बेर रोए अनि सबै कुरा भनेरमिलाले सबै कुरा सुनिसके पछि भनिन " सिमा, जे हुनु थियो भयो, तिमी कम्जोर भयौ भने तिमीलाई बाँच्न झन् गाह्रो हुन्छ अब तिमीले आफुलाई बलियो बनाऊ यो समाजसंग लड्न सिक अनि यो बच्चालाई जन्माउम हर पाइलामा तिम्रो साथ रहने छु"
रमिलाका कुराले मलाई धेरै आत्मबिस्वास दियो र मैले मनमनै निर्णय लिए "यो निर्दोष बच्चालाई जसर पनि यो संसारमा ल्याएर छोड्छु"म यहाँ आउने अवस्था पनि रहेनघरमा सबैलाई मैले साँचो कुरा भने अनि निर्णय पनि सुनाएसबैलाई दुख पक्कै लाग्यो होला रिस पनि उठायो होला तर फोनमा मलाई कसैले केहि भन्न सक्नु भएनयहाँ आउने कुनै औचित्य पनि थिएन किनकि मेरो उपस्थितिले घरमा सबैलाई पिडा बाहेक केहि दिन दिदैनथ्यो त्यसैले मैले त्यहि नै बसेर पढाईसंगै आफ्नो स्वास्थ्यलाई ध्यान दिन थालेदाई रिसाएर दुइ बर्ष नै बोल्नु भएन । तैपनि आमाले बेला बेला फोन गरि राख्नु हुन्थयोआजसम्म पनि मैले घरमा सौरभको बाबु को हुन् भनेर भनेको छैनतिमीलाई मात्र भन्दै छु" तर छ, सात महिना अघि दाईले घर आइज भनेर फोन गर्नु भयो । दाईको फोनमा मेरो घरप्रतिको मायाले मनभरि खुशीको सिमा नै रहेन त्यसैले बिदा मिल्नसाथ यहाँ तिमीलाई फोन गरे" रमिलाले मलाई आफ्नो भन्दा बढी गरेर हरेक समय साथ दिईरहिनसौरभको जन्म पनि उनकै हातबाट भयो यो जन्ममा उनले मलाई ऋण बनाएकी छिउनि इंडिया फर्कि सकिन र त्यहिको एउटा हस्पिटलमा जागिर खादैछिन रे! बेला बेलामा फोनमा कुरा हुन्छ र सधै मलाई जीवनमा संघर्ष गर्ने कुरामा हौशला दिइरहन्छिन"सिमा बोल्दै थिइन् । म सुन्दै थिएआँशुले मेरो अनुहार लपक्क भिजिसकेको थियो तर पनि उनि तिकै शान्त देखिन्थिन् । सौरभ एक पटक उठेर पनि फेरि सुतिसकेका थिए रातभरि हामी यस्तै दुख सुख बिसाउदै बस्यौ । यस्तो समयमा निद भन्ने जन्तुले पनि साथ दिदोरहेछ । त्यसैले होला दुबैको आँखामा निद पटक्कै थिएन । त्यो रात हामी दुई कुरै कुरमा छर्लंग उज्यालो बनाएका थियौ समयले यसरि पनि कोल्टे फेर्छ भन्ने कसलाई के थाहा? उनि केहि दिनको बिदामा आएकी थिइन फेरि उहि पुरानो गोरेटो समाउदै भविष्य लेख्न त पाइला सार्नै थियो! त्यसैले जीवनलाई निरन्तरता दिन उनि काठमाडौँ फर्किन । त्यतिबेला छोरा सौरभलाई उनले छोड्नु पर्यो घरमै किनकि सौरभ मात्र एक बर्षको थिए अनि सीमालाई पनि गार्हो थियो उनको स्यहार सुसार गर्न त्यसैले सिमाकि आमाले सौरभलाइ घरमै राख्छु भन्नु भो ..आमाको मन त हो छोरीको दुख देख्नु भो
बितेको समय जस्तो सुकै पत्यार लाग्दो भए पनि आखिरी आफ्नै कोखमा रगत पानी सिञ्चेर जन्माएको छोरो, आमाले छाडेर जाने हिम्मत त कहाँ नै हुन्छ र! फेरि पनि बाध्यताका कठघराहरू अगाडिको भविष्यमा ठिङ्ग बार बनेर उभिए पछि दैवको पनि के नै लाग्दोरहेछ र! त्यसैले सीमाले आमाको कुरालाई प्रतिकार गर्न सकिन होला । तर मलाई भनिन " कहिले कहिँ आएर सौरभ लाइ भेट्दै गर्नु ल "मैले हुन्छ भनेर स्वीकृतिमा टाउको हल्लाएकी थिए । त्यतिवेला सिमा काठमाडौँ फर्किन । भविष्यका दिनहरु आफ्नै नियमित क्रममा बित्दै गएम प्राय जसो हरेक साझँमा सौरभलाई हेर्न जाने गर्थे मलाई बच्चाहरु अति नै मन पर्ने त्यहि माथि सौरभ त मेरै साथीको छोरा, झन् नजिकिदै गएउनि पनि मेरो धेरै नजिक भैसकेका थिएसाझँपख सौरभलाइ भेटन जाने हुदा सधै जसो उनलाई सुताएर घर फर्कने गर्थे  कहिले कहिँ जान पाइन् भने आमाले फोन गरिहाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो "तिमीले यसको बानी बिगारी सक्यौ अब तिमी विना सुत्न मान्दै मान्दैन यो" त्यतिवेला म हाँस्थे । कहिलेकाँही सीमासँग फोनमा कुरा भैरहन्थ्यो ।सँसारको रीत नै यस्तै छ । हरेक रातपछि दिन अनि दिन पछि रात अनि रातदिन पछि अर्को दिन । यसरी हरेक दिनहरू वितिरहँदा सौरभ पनि क्रमशः ठुलो हुदैथिए । हातले इशारा गर्ने.. केहि बोल्न खोज्ने गर्न थालिसकेका थिए सौरभले । यो देखेर मलाई निकै खुशी लाग्थयोकहिलेकाँही कृष्णलाई पनि देख्थे मैले । यस्तो धोकेबाज सँग म बोल्न पनि छाडीसकेकी थिए l उनले मेरी साथीलाई दिएको धोकालाई मैले कसरि भुल्न सक्थे र ? सिमाले त उसको बारेमा फेरि कहिल्यै कुरा निकालिनन् र कहिल्यै कृष्णको बारेमा कुरा गरिनन् l सौरभ को हुन् भन्ने कुरा त्यहाँ छरछिमेक कसैलाई थाहा हुन पाएन किनकि सिमाकी आमाले सबैलाई "हस्पिटलमा कसैले जन्मेको बच्चा छोडेर गएपछििमालाई माया लगेर लिएर आएक हुन् भन्नु भएको थियो " यसर अझ थप एक बर्ष बित्यो l सौरभ अलिअलि बोल्न थालेका थिएजीवनको बाटोमा मैले पनि धेरै संघर्ष गर्नै थियोमैले पहिले जसर सौरभलाइ भेटन जान समय पाउदिनथेँ ।  सिमासंग कुरा भैरहन्थियो सिमा ब्रिटिश लाहुरेकी छोरी थिइन उनि हंगकंगमा नै जन्मेकी थिइन् त्यसैले पछि हंगकंगमा आइडी पाइन् र उनि सौरभलाइ आमासंगै छोडेर अर्को नयाँ सपनालाई साकार बनाउने उद्धेश्य लिएर हंगकंग गइनम पनि आफ्नो जीवनको उकाली ओराली समल्दै थिएसौरभ स्कुल जान थालेका थिएसिमा हंगकंग गएर त्यहिको एउटा हस्पिटलमा काम गर्न थालेको कुरा मलाई जानकारी गराएकी थिइन्समय आफ्नै नियमित क्रममा गयो सिमाले हंगकंग छोडेर त्यहीबाट लण्डनको लागि विसा पाएको कुरा मलाई भनिन् । मैले उनलाई उनको हर पाइलामा सफलताको कामना गरेलन्डन गएको लगभग दुइ बर्ष पछि उनि नेपाल फर्केकी थिइन् र हाम्रो भेट भएको थियो उनले मलाई भनेकी थिइन् "मैले सौरभको सबै कागजपत्र मिलाएर आएको छु र यहाँबाट पनि सबै सोचे जस्तै भयो भने सौरभलाइ लिएर जानेछु" मैले भनेकी थिए "सिमा तिमी महान छौसाँच्चै मलाई गर्व लागिरहेछ, तिम्रो साथी हुन पाउदामैले सोचेकी पनि थिइन् सिमा तिमीले समयको चुनौतीलाई यसर अंगालेर विजयी हुन्छौ भन्ने । हेर म मा तिम्रो जस्तो हिम्मत छैनतिम्रो हर कामना पुरा हुनेछन सिमा किनकि तिमीले सच्चाई र कर्तव्यको पालना गरेकी छौ " साच्चै सफलता कसैले रोकेर रोकिदैन रहेछ । नभन्दै सिमाको जिन्दगीमा एकदिन उनको संघर्षले रंग ल्यायो । उनि छोरा सौरभको भिसा मिलाउन सफल भईन
आठ बर्ष अगाडि मैले ति आमा छोरालाई लन्डनको लागि बिदा गरेकी थिएसमय परिस्थितिको खेलमा आल्झेर मैले पनि परदेशको बाटो चुन्न पर्यो । त्यसैले म आज इजराल आइ पुगेको पनि छ बर्ष पुगिसकेको छ l २००९ मा म नेपाल बिदामा गएकी थिएत्यसबेला साथीहरुसंग म एउटा रेस्टुराँमा खाजा खादै गर्दा कृष्णलाई नजिकैको आर्को टेबलमा दुइजना बच्चाहरुसंगै बसेर खाजा खादै गरेको देखेकि थिएँ  । संगै बसेका एकजना साथीलाई खुसुक्क सोधे "उ त्यो कृष्ण नै हो नि!" साथीले हो भनेर भने पछि मैले ती बच्चाहरुको बारेमा सोधे र साथीले भनिन "कृष्णक छोरा र छोरी हुन" त्यसपछि भने म मौन रहेको थिए । हामीले खाजा सकेपछि उठ्यौ मेरी साथी कृष्णसंग कुरा गर्न थालिन, म पनि उनको नजिक थिएकृष्णले एक नज़र म माथि ल्याए । फेरि तुरून्तै मेरी साथीसंग कुरा गर्न थाले मैले सोचे 'या त् धेरै बर्ष पछिको देखभेटमा उनले मलाई चिन्न सकेनन या चिन्ने हिम्मत गर्न सकेननमैले पनि बोलाउन चाहिन किनकि अनि मेरो नज़रमा गिरिसकेका एक लाक्षी नै थिएसाथीको एकछिनको गफगाफ पछि हामी त्यहाँ बाट निस्केर घरतिर लागेका थियौसमयले धेरै प्रगति गरिसकेको छ । यसरी सँसारमा संचार माध्यममा गरेको नयाँ अविस्कारहरुले सिमा र मलाई अझै नजिक्याएको छहामी फोनमा पहिले भन्दा धेरै कुरा गर्छौ र उस्तै दुख सुख बाँड्ने पनि गर्छौसौरभले अहिले लन्डन मै बिबिए गर्दै छन् उनको इच्छा आर्मी तिर पनि रहेकोछ भन्छिन सीमालेजीवनमा उनले गरेको संघर्षले आज उनलाई सफल बनाएको छ यिनै संघर्षबाट पाएको सफलतामा उनि खुशी पनि ि । एकपटकको त्यो प्रेमको बितृष्णाले होला सिमा अझै पनि अबिबाहित नै छिन् । सिमाले अझै पनि आफनै कर्तव्यलाई निरन्तरता दिदैछिन । मैले मेरो हर प्रथानामा उनको सफलताको कामना गर्ने गर्छु र माग्छु । हे सबै आमाहरू हो,  जन्माउनु नै छ भने सिमा जस्ती छोरी जन्माउनु, जसको महानता, हिम्मत, शक्ति र उद्धरताको अगाडी सबै सबै जिर्ण देखियोस । अनि हे भगवान जन्म दिनु नै छ भने छोरीलाई सीमाको जस्तो हिम्मत, साहस र धर्यता दिएर जन्म दिनु यो धर्तीमा छोरी कै रूपमा जन्म दिनु.....  !!
(अतितले भविष्यमा कुनै छायाँ नपारोस भनि मैले यहाँ सिमा र सौरभको नामलाइ परिवर्तन गरेकी छु)

 

No comments:

Post a Comment