निर्मला खड्का
जिन्दगी नै तिमीले
चालेको चाल सोच्यौ की के हो ?
कपटीको मनले बुनेको
जाल सोच्यौ की के हो ?
आफैसंग हारेर जितेको
संसार भन्दैछौ अझै
मेरो जीवन प्रेमको
मैदान भन्दै हिड्छौ रे सधै
युद्धबाट जोगाई
रहने ढाल सोच्यौ की के हो ?
कमजोरी भुलेर अर्कैको
कुरा काटेर फेरि
सबै उस्तै बैराग
बैराग हाल सोच्यौ की के हो ?
हाने भन्छौ घाइते
मनमा तिखो शब्दका गोली
प्रेमभाषा नबुझी
बन्दुकको नाल सोच्यौ की के हो?
No comments:
Post a Comment