Wednesday, May 23, 2012

यहाँलाइ के के जानकारी छ ?


भन्नुस  हजुर यहाँलाइ के के  जानकारी छ ?
घरमा  हाम्रो बोली बचन  सबै  सरकारी छ  l

पानी र माटोका धनी स्वाभिमानी कृषक  हामी
अरु  त  अरु  सबै  भन्दा महँगो  तरकारी छ l

हिसाब हुन्छ राम्रो नराम्रो सबैको एकदिन
नबिर्सौ हामी  समय यहाँ धेरै बलकारी छ l


पीऔ बरु बिषको प्याला,शितल त हुन्छ मन
मिसावटको दाममा यो भन्दा के हितकारी छ l

जस्लाई हेर्यो कुर्सी,लोभ र लालच को बिमारी
खोजौं  यो रोगमा कुन  औषधि प्रभाबकारी छ l


निर्मला खड्का 

No comments:

Post a Comment