कति उठायौ,बास गन्दै छु
कति उठायौ,बास गन्दै छु
छन जिवितै ,लाश गन्दै छु ।
गाउँ शहर देशै लुट्दै छन्
तिनै पालेका,दास गन्दै छु ।
बन्यो निशाना छाती बैरीको
बाँकी बचेको,सास गन्दै छु ।
झुठो कसम, खाइ दिएका
थोत्रा आशाका, रास गन्दै छु ।
भिज्छ परेली भोको पेटमा
पुछ्दै आँशु, गास गन्दै छू ।
नीम्तो छ खेल्ने,जीत्नै छ बाजी
पत्ती ती चिन्न, तास गन्दै छु ।
आफ्नो पराइ चिन्नै भो गाह्रो
को को रैछन ,खास गन्दै छु ।
निर्मला खड्का
No comments:
Post a Comment