Thursday, May 24, 2012

आँखा



महासागर जस्तै
शान्त देखिन्छन
ती गहिरा नयनहरु
निशब्द लोभ्याउछ्न मलाई
कुनै रोचक
किताब को शिर्षकले झैँ
हतारिन्छु पढ्न ती आँखाहरु
एकहोरो भै हेर्छु
एक आपसमा
गुटमुटीएका विचारहरू

Wednesday, May 23, 2012

कति उठायौ,बास गन्दै छु


कति उठायौ,बास गन्दै छु
छन जिवितै ,लाश गन्दै छु ।

गाउँ शहर  देशै लुट्दै छन्
तिनै पालेका,दास गन्दै छु । 

रात ढल्दै छ चुपचाप यहाँ


रात ढल्दै छ चुपचाप यहाँ
दियो बल्दै छ चुपचाप यहाँ ।

कति सहनु ,समयको मार

तन गल्दै छ  चुपचाप यहाँ  ।

यहाँलाइ के के जानकारी छ ?


भन्नुस  हजुर यहाँलाइ के के  जानकारी छ ?
घरमा  हाम्रो बोली बचन  सबै  सरकारी छ  l

पानी र माटोका धनी स्वाभिमानी कृषक  हामी
अरु  त  अरु  सबै  भन्दा महँगो  तरकारी छ l

मृत्यु एक यथार्थ





मृत्यु
तिम्रो रहस्मय आगमनको खबरले
तिमीलाई महसुस गर्ने मेरो चाह उछालियो
तिम्रो पदचापको सरसराहट अनि
तिम्रो सुरिलो स्वरमा मृत्यु धुन सुन्न
म र मेरा कानहरु चनाखो भै
प्रतीक्षा मा थियौ
तिमि आयौ, बिस्तारै बिस्तारै
मेरो नजिक, धेरै नजिकै
आएर शायद मलाई छोएर
मेरो मन मस्तिष्क हुदै गयौ, उनि छेउ
उनको तनमा तिम्रो मधुर स्पर्श
अति सुलभ र सौम्य नै हुनु पर्छ
त्यसैले त 

युद्धको थ्यो त्यो बिहानी हेर


युद्धको थ्यो त्यो बिहानी हेर
आलै छ  घाउँ निशानी हेर ।

जलेकै थिए , गाउँ र  बस्ती
भेट्टिन्न आज खरानी हेर ।

मारिए आफ्नै,आफ्नैले मारे
जीवन्त बन्यो,कहानी  हेर ।

Monday, May 14, 2012

त्यो पापी

निर्मला खड्का 


मेरो घरको गली वरिपरी एउटी पागल केटी हिड्ने गर्छे । कहिले उसको हातमा प्लास्टिकका झोला हुन्छन भने कहिले बोराहरू । त्यहि बोरा थैला थैली बोकेर दिनहुँ भुइँमा के के खोजे जस्तो गर्दै केहि टिपेर आफुले बोकेको थैलोहरुमा राख्दै हिड्छे । भर्खरै यौनास्थामा पाइला टेकेकी छ ।झट्ट हेर्दा उमेर बाइस चौबिस कि जस्ती देखिन्छे । कालो लामो कपाल जिंगरिङ्ग फैलिएर लट्टीएको हुन्छ सधै जसो । शरीरका लुगाफाटा उस्तै अस्त व्यस्त हुन्छन । प्राय: फाटेका पनि हुन्छन र उसको शरीरलाई नंगयाएको हुन्छ कति ठाउँमा । केहि उत्ताउला केटाहरु ढुंगा हानेर जिस्काउन पनि पछी पर्दैनन् । ऊ सधै जसो शान्त हुन्छे । कसैलाई हान्ने बिगार्ने गर्दिन । कसैले बोलायो भने एकोहोरो हेर्ने गर्छे ्र कहिले काही मुसुक्क हाँसी पनि दिन्छे । समाजसेवामा लागेका महिलाहरुले समय मिलाएर उसलाई न्वाइधोई गरि कपाल कोरेर लुगा फेरी दिने गर्छन । त्यति बेला उसको रुप पुर्णिमाको जुन जस्तै धप्पक बलेको हुन्छ तर भोलि पल्ट उसको उस्तै हाल भएको देख्छु ।निक्कै राम्री छ ऊ । गोरी हिस्सी परेकी.सिंगारिएर हिड्ने हो भने कुनै चलचित्रकी नायीका भन्दा कम हुने थिइन् । ऊ बौलाही नभएर कुनै सद्धे केटी हुदी हो त कति केटा उसको हात माग्न उसको आमा बाबुको अघि पुग्थे होला । दिनहुँ उनको घरको फेरो लगाउथे होला ।

Saturday, May 12, 2012

सिमा, मेरी साथीसँगै अतित सम्झदा

निर्मला खड्का
एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएकि साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल विना म पनि टाढिएर रहन सकिन । र त हिजो आज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा "सौरभ गुरुङ" को भित्तोमा पुगे जसले मलाई आज भन्दा बिसबाइस वर्ष हिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायोसौरभ गुरुङ मेरो साथीको छोरा, उनि आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छनसौरभकी आमा सिमा अनि म सानै देखि स्कुल मा संगै पढ्दै यस यल सी सम्म संगै थियौहामी संग संगै हास्दै, खेल्दै आफ्ना जीवनका सपनाहरु बुन्ने गर्थेयौ,कसरि ती सुनौला सपनाहरुलाई यथार्थको रुप दिने भनि एक आपसमा सल्लाह गर्थयौजिन्दगी चलाउनुको पाटोहरूमा मनभरि अनेकथरिका तानावाना बुन्दै अगाडि बढ्दै थियौँ । सबै साथीहरुको आ-आफ्नै भबिष्यको सपना थियोकोहि के भन्थे भने कोहि के? तर म सिमा र अरु दुई साथीहरु मिलेर स्टाफ नर्स बन्ने सपना बुनेका थियौ । तिनै सपनाहरूमा रूमल्लिँदै एसएलसी सम्मको परक्षा पनि दियौँ । परीक्षा दिएर परक्षाफलको प्रतिक्षा गर्नु कति अधैर्य हुनछ सायदै भनिरहनु पर्दैन ।

Thursday, May 10, 2012

चाल सोच्यौ की के हो ?(१)


निर्मला खड्का 


जिन्दगी नै तिमीले चालेको चाल सोच्यौ की के हो ?
कपटीको मनले बुनेको जाल सोच्यौ की के हो ?

आफैसंग हारेर जितेको संसार भन्दैछौ अझै
माया पनि जुवामा जितेको माल सोच्यौ की के हो ?

Wednesday, May 9, 2012

म भाग्छु र भाग्दै छु

निर्मला खड्का 



म भाग्छु र भाग्दै छु
किनकि
भोकाएका चिलहरुले
खोल्सा तिर फालिएका मृत लाश हेर्दै
एक अर्कालाई झम्टे झैँ
आफ्नैको जिउदो लाश लिएर
दन्दनी दन्केको आगोको मुस्लो वरिपरी उफ्रिने
तिनै रक्तपिपाशुहरुको नाङ्गो नाच
म हेर्न सक्दिन ।

Tuesday, May 8, 2012

लघु कथा : सहयोग

- निर्मला खड्का 

 


 टेलिभिजनमा  समाचार आइ रहेको थियो  " आज बिहानै हिम पैह्रो संगै सेती नदीमा आएको बाढीले सेती नदीको किनारमा बसेको सारा बस्ती बगाएर लागेको छ    भर्खरैको ताजा समाचार अनुसार सात जनाको मृत शव फेला परेको छ भने कयौं मानिसहरु अझै लापता छन । उनीहरुको खोजी कार्यमा  नेपाल प्रहरी र सेनाका जवानहरु तदारुकताका साथ लागी रहेको जानकारीमा आएको छ " । बडो ध्यान पुर्वक समचार सुनी रहेको रामे जुरुक्क उठ्छ बसेको ठाउँबाट । भित्तामा टाँगी रहेको टिशर्ट र पाइन्ट लगाउछ । हतार हतार बाहिर निस्कन्छ । एउटा छापाखाना अगाडी गएर टक्क अडिन्छ र माथि झुण्डी रहेको बोर्डमा  हेर्छ " शीतल  छापाखाना "। खुसुक्क भित्र पस्छ 

शेरहरु

निर्मला खड्का

ना पुछो दिलमे उसके लिए क्या क्या सौगात रखते है
वक्त आए तो उसको उसी से चुराने की औकात रखते है ।

*******************************************

जलाकर आए हैं हम दिल अपना
खुदा उसी से रोशन करें राहें तेरी    !

***************************
क्यु ना हम कुछ अजब सी बात करें
जो हमे भुल चुके है उन्हे ही याद करें   !!

*****************************
वो सोया था  बेखबर ख्वाबों को आगोश मे लिए
हम देखते रहे निद में उसके खलल ना पडे   !!!

********************************
गुमसुम आखें जब युही नम हो जाएँ
वो तेरी याद आने का सबब होता है    !!

************************************