Tuesday, May 21, 2013

खै भूल गरे या प्यार गरे


खै भूल गरे या प्यार गरे
तर जे गरे बर्बाद गरे ।

धेरै हैन हिजो र आजमा
बदलाव छ अन्दाज गरे ।

प्रेम हो भने नजरको प्यास
चाहलाई यसै सम्मान गरे ।

तिम्रो खुशीमा यात्रा मोडेर
वाह ! कस्तो यो कमाल गरे ।

एक्लो छैन यी यादहरुसंग
यसै पिडा  आत्मसात गरे ।

1 comment:

  1. मेरी कोशिसोँ को प्यार देने के लिए हार्दिक धन्यबाद तुषार राज रस्तोगीजी और मदन मोहन जी ।

    ReplyDelete