एउटा मानव
आफै भित्रको आफैलाई सुम्सुम्याएर
शिर उठाई आकाश हेर्छ
र
हर्षमिश्रीत मुस्कान मुस्काउछ
तिम्रो अस्तित्वको आभासले
तिम्रो आगमनको अनुभूतिमा
सुनौलो इतिहास लेख्ने /दिने प्रण गर्दै
आमा तिमी धन्य छौ जसले यो इतिहास जन्मायौ
हो वानीरा तिमी नेपाली इतिहास हौ ।
मन सानो ताल
ढुङ्गाहरु फालिन्छन जब
एक पछी अर्को अनेक तरंग उठछन्
हतारिदै किनार छुन
किनार पर अझै पर
थकित ती छालहरु
मेटिन्छन....फेरी एउटा आशा बोकी
फेरी डुङ्गाको मार सहन ....
आजकल आँखों में है कुछ अलग सा ख्वाब
तेरी बातों में जिन्दगी की उन्मादों का शबाब
दुनियाँ की औकात हि क्या जो सवाल करे
तु मुझे दे, मै तुझे दु ,हर सवालों का जवाब !!
एक बुँद जिन्दगी पग्लिएर काठे कलम भरिन्छ
र त भिजाउँन्छ उदास , उराठ बेरंगीन दैनिकी पानाहरु ।
कती सहज र सरल छ त्यो तरलत्व बुझाईमा
कती मिहिन र मलिन छ भोगाईहरु यहाँ लेखाईमा ।
हेर न माटो मुनी जरो फैलाएको त्यो बुढो रुख
फेरी पालुवा हाल्न तम्सन्छ ।
अरे ! हिजो मात्रै विचार विमर्श गरिदै थियो ।
चर्चा चल्दै थियो यो रुख काट्ने र काटिनु पर्छ को
कागजका सेता पानाहरु भरमार होलान बहुमतले
किन कि
यसको छाहरीले पोल्छ रे बटुवाको मन ।
निपष्ट अँध्यारोले
सपना देख्छ उज्यालोमा
सपना रंगीन
बिपना उजाड
अब म एउटै काम गर्छु
सपनाहरुको सबै रङ्ग चोरेर
बिपनालाई चुर्लुम्म भिजाई दिन्छु
अनि बनाउँछु
नयाँ रङ्गहरुको समायोजन
नयाँ इन्द्रेणी
संगै
नयाँ प्रयोग
अँध्यारो र सपनामा ।
ऊ उभिएको होला मेरै छेउमा
चकमन्न चारै तिर नजर डुलाउदै
कतै गहिरो अनि एकहोरो हेराई ले
एक एकलाई नियाल्दै
जिन्दगीको बहिखाता बोकेर
हिसाब कोर्न तल्लिन,
देख्न सक्दिन र त
म उसलाई अनुभूत गर्न चाहन्छु