जीवनको अन्जुलिबाट
तप्प तप्प तरल भएर चुहिने समय
चैत झरेर रंगीन भएको सडकभूई
अप्राय चाहतहरु
सासको वक्रता
समयको फेहरिस्त
निस्तब्ध निशा
परिवर्तन खोज्छ आफैमा ।
आफ्नै अदालत
आफ्नै वकालत
केहि पलको मौनता
बिस्वास र बाध्यता बीच
मन बक्तब्य दिन्छ
नजर कम्जोर हुनुको
रातको अँध्यारोमा उपस्थित सपना
कसले देखेको छ उसको मुहार
छरिनु / पोखिनुको अनेक कारणहरु छन्
जिन्दगीका
कती गुनासाहरु /कती अशान्तिहरु
हरेक मोडमा आन्दोलन गरि रहन्छन ।
समाचार या खबर
बेखबर छन किन
बिज्ञानले संसार जितेको दावा गर्दा
प्रकृति आन्दोलित हुन्छ र त
आकासमा उड्दा उड्दै सयौ अस्तित्व हराउछन
सागर सारा रहस्य निलेर निस्लोट भै िदन्छ ।
मान्छे
नागरिक हुँदा
कर्तब्य बोक्छ काँधमा
घर र देशको
निस्कन्छ सपनाहरुको थाती सहित
मरभूमि सिच्न
मान्छे हुनुको दम्भको चित्र
उसको रुझेका आँखा
एउटा कहानी भन्छ ।
एउटा खुला चौराहामा म रुनु
एकान्तमा तिमी हाँस्नुको एकै अर्थ कसरी हुन् सक्छ
जिन्दगी खोज्न खाली खुट्टाले दौडेर भेट्टीन्छ र ?
बिस्वासहरु लघुता बोकेर हिडदैनन्
मधुरो चिमको उज्यालोमा
एक युग हिडेको थकान पोख्छ जिन्दगी
केहि अपराधबोध
समयका प्रारूपहरु
एक अपूर्ण चिनारी
एक पूर्ण धरोहर
एक दिन यस्तो आउने छ
जहाँ उज्यालो ले रङ्ग फेर्न सक्नु पर्छ ।
फेरी अस्पतालको उही कुना
उस्तै निस्तब्धता
कयौ असाहय जिन्दगी
अझै केहि पलको युद्धमा संघर्षरत
समय शिथिल खिसिक्क हाँस्दो छ
आफ्नो सफल असफलतामा
म यी अत्याधुनिक जीवनदान दिने मेसिनहरु
मेरो मन्दिरको भगवान भन्दा महान देख्छु ।
सानै देखि
उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने
बानी रह्यो ।
नीला आँखा हुने
मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा
पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा
हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न
सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र
हुँदैनन् भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको
नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला
आँखा भएका मान्छे भेट्नु नै कहाँ ?
काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश
पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचय र मित्रतासंगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन ।
म उभ्भिएको ठाउँबाट देखिने
मटमैलो गगनको एक टुक्रा
हल्का निलो रङ्ग को धर्ति
पर पर पुग्दा अझै गहिरो रङ्ग
जिन्दगीको पुरै अर्थ दिन सक्छन /
दिने सामर्थ्य राख्छन यी दृश्यहरु ।
यी निला रङ्गहरु आफु भित्र
कस्ता कस्ता रहस्य राख्दा हुन्
यसको अन्दाज कसलाई होला ?
जहाँ जिन्दगीको कुनै नाम छैन
आँगन छैन ,घर छैन , न कुनै भित्ताहरु नै छन ।